कोभिड-१९ को नयाँ भेरियन्टले विश्वभर तरंग

कोभिड-१९ को नयाँ भेरियन्टले विश्वभर तरंग

काठमाडौं । कोभिड १९ को नयाँ भेरियन्टले सबैलाई चिन्तित बनाएको छ। विश्वभरका स्वास्थ्य अधिकारीहरूले शुक्रवार दक्षिण अफ्रिकामा पत्ता लागेको नयाँ कोरोना भेरियन्टबारे चिन्ता व्यक्त गरेका छन्।

अनुसन्धानकर्ताहरूले भाइरसको सो म्युटेसन (उत्परिवर्तन) खोप-प्रतिरोधी छ/छैन भनेर पत्ता लगाउदैँ गर्दा युरोपियन युनियन (ईयू) र बेलायतले सीमामा कडाइ गर्ने निर्णय गरेको छ।

एक दक्षिण अफ्रिकी वैज्ञानिकले लन्डनको प्रतिबन्धलाई ‘भ्याक्सिन रंगभेद’को लक्षण भनिरहँदा युरोपेली आयोगका प्रमुख उर्सला भोन डर लेयनले भने ईयूले पनि अफ्रिकी क्षेत्रबाट हवाई यात्रा रोक्ने बताइन्।

प्रकाशित मिति:     ११ मंसिर २०७८, शनिबार  |    Himali Khabar