इच्छाराज तामाङलाई ८ वर्ष कैद र ५ अर्ब बिगो जरिवाना

इच्छाराज तामाङलाई ८ वर्ष कैद र ५ अर्ब बिगो जरिवाना

काठमाडौं । संगठित अपराध र ठगी मुद्धामा मुछिएका सिभिल ग्रुपमाम अध्यक्ष इच्छाराज तामाङविरुद्धको अनुसन्धान सकेर नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धान पूरा गरेर प्रहरीले सरकारी वकिललाई प्रतिवेदन बुझाएको छ।

प्रहरीले बिहीबार बुझाएको प्रतिवेदनमा ८ वर्ष कैद र बिगो बराबर ५ अर्ब ५९ करोड जरिवाना माग गर्नुपर्ने सुझाव दिइएको छ। अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको सीआईबी प्रवक्ता श्यामकुमार महतोले बताए। प्रहरीले करिब दुई महिना लामो अनुसन्धानपछि प्रतिवेदन बुझाएको हो।

तामाङलाई गत असोज १८ गते प्रहरीले ठगी मुद्दामा पक्राउ गरेको थियो। अहिलेसम्म एक हजार ४ सय ८७ जनाले ठगी गरेको भन्दै उजुरी दिएको आधारमा प्रतिवेदन तयार गरिएको हो

प्रकाशित मिति:     १० मंसिर २०७८, शुक्रबार  |    Himali Khabar