विमानमा स्याल र बदेलको बिगबिगी, गम्भीर दुर्घटनाको जोखिम

विमानमा स्याल र बदेलको बिगबिगी, गम्भीर दुर्घटनाको जोखिम

नेपालगञ्ज । काठमाडौंंबाट नेपालगञ्ज आएको बुद्ध एयरको एब्रो जहाज नेपालगञ्ज विमानस्थलमा अवतरण गर्ने क्रममा विमानमा स्याल ठोक्किएको छ । बुधबार सांझ ७ बजेर ५ मिनेटमा विमान अवतरण गरिरहेको बेला धावनमार्गमा स्यालसंग ठोक्किएको नागरिक उड्यन कार्यालय नेपालगञ्जले जनाएको छ ।

कार्यालयका प्रमुख सुभाष झाले बुद्ध एअरको विमान अवतरण गरेर धावनमार्गमा दौडिरहेको बेला स्यालसंग ठोक्किएको र विमान तथा यात्रुहरु सबै सुरक्षित रहेको जानकारी दिए । उनले सो विमान अवतरण गरे लगत्तै श्री एअरको विमान समेत अवतरण गरेको जनाउँदै धावनमार्गमा गएर हेर्दा स्यालका शरीका भागहरु टुक्रा भएको अबस्थामा फेला परेको बताए ।

दुई साता अघि मात्र नेपालगञ्जबाट मुगु उडानको लागि धावन मार्गमा दौडीरहेको सीता एयरको टुइनेटर जहाजमा तीन वटा बँदेल ठोक्किएको थियो ।

प्रकाशित मिति:     ९ मंसिर २०७८, बिहीबार  |    Himali Khabar