तरलता संकट चुलिदै, तीन दिनमा सात अर्ब निक्षेप घट्यो

तरलता संकट चुलिदै, तीन दिनमा सात अर्ब  निक्षेप घट्यो

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा निक्षेपको मात्रा घट्दै गएको छ। गत कात्तिक मसान्तमा ४२ खर्ब ३३ अर्ब रहेको निक्षेप यही मङ्सिर ३ गतेसम्म आइपुग्दा ४२ खर्ब २६ अर्बमा झरेको छ।

गत कात्तिक मसान्तसम्म ४० खर्ब ३४ अर्ब बराबरको ऋण लगानी भएकामा मङ्सिर ३ गतेसम्म आइपुग्दा त्यो बढेर ४० खर्ब ४१ अर्ब बराबर पुगेको छ। यस आधारमा तीन दिनमा नै निक्षेप सात अर्बले घटेको देखिन्छ भने सात अर्बले नै कर्जा लगानी भएको नेपाल बैंकर्स सङ्घले जनाएको छ। सङ्घले लगातार निक्षेप र कर्जाको अवस्थाका बारेमा जानकारी गराउँदै आएको छ।

गत साउन मसान्तमा वाणिज्य बैंकमा ४१ खर्ब २३ अर्ब निक्षेप थियो। त्यसबेला ३७ खर्ब ६४ अर्ब बराबरको कर्जा लगानी भएको थियो। गत भदौ मसान्तसम्म ४१ खर्ब ७१ अर्ब निक्षेप हुँदा ३८ खर्ब ७२ अर्ब बराबरको कर्जा लगानी भएको थियो। असोज मसान्तसम्म ४२ खर्ब ६९ अर्ब बराबरको निक्षेप पुग्दा कर्जा भने ३९ खर्ब ९८ अर्ब बराबर भएको थियो ।

प्रकाशित मिति:     ७ मंसिर २०७८, मंगलवार  |    Himali Khabar