एनआरएनएको दशैं महाधिवेशन गर्न कार्यसमितिलाई रोक

एनआरएनएको दशैं महाधिवेशन गर्न कार्यसमितिलाई रोक

बार्सिलोना । परराष्ट्र मन्त्रालयले गैर आवासीय नेपाली संघ (एनआरएनए) को दशौं अन्तर्राष्ट्रिय महाधिवेशन गर्न वर्तमान कार्यसमितिलाई रोक लगाएको छ ।मन्त्रालयले एक पत्र लेखी दशौं अन्तर्राष्ट्रिय महाधिवेशन वर्तमान कार्यसमितिले नभई संरक्षक परिषदमार्फत मात्र गर्न गराउन निर्देशन दिएको हो ।

परराष्ट्र मन्त्रालयले एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषदलाई मंसिर ३ गते लेखेको पत्रमा भनिएको छ, ‘हाल संघमा देखिएका विवादहरुको समाधान गरी सन् २०२१ भित्र संघको दशौं अन्तर्राष्ट्रिय महाधिबेशन सम्पन्न गर्ने कार्य विधानको धार १६ बमोजिम गठित संरक्षक परिषद मार्फत मात्र गर्नू, गराउनू ।एनआरएनए अध्यक्ष कुमार पन्तले परराष्ट्रको निर्देशन ठाडो राजनीतिक हस्तक्षेप रहेको भन्दै न्यायिक लडाईंमा जाने बताएका छन् । विधान बमोजिम नै आफ्नो एनआरएनको कार्यकाल थप गरिएको भन्दै अध्यक्ष पन्तले परराष्ट्र निर्देशनको विरुद्ध कानुनी लडाईं लड्ने बताएका हुन् ।

एनआरएनए अन्तर्राष्ट्रिय समन्वय समितिले दशौं अन्तर्राष्ट्रिय महाधिवेशन डिसेम्बरको १९ र २० तारेखमा काठमाडौंमा गर्ने तय गरेको थियो ।

प्रकाशित मिति:     ६ मंसिर २०७८, सोमबार  |    Himali Khabar