गहुँ छर्ने बेलामा मलको अभाव, किसान समस्यामा

गहुँ छर्ने बेलामा मलको अभाव, किसान समस्यामा

काठमाडौं । गहुँ खेतीको मुख्य सिजनमै रासायनिक मलको अभाव भएपछि किसानहरु समस्यामा परेका छन् । खेतीका लागि अत्यावश्यक डीएपी मल नहुँदा किसानहरुले गहुँ छर्न पाएका छैनन् ।

डीएपी मल गहुँसँगै खेतबारीमा छर्नुपर्छ । गहुँ छर्ने सिजन भइसके पनि कार्तिकको दोस्रो सातादेखि नै देशभर डीएपी मल अभाव छ ।मल कहिले आउछ भन्ने अझै टुंगो छैन । मल आउने टुङ्गो नभए पछि केही किसानले मल बिनै गहुँ छर्न शुरु गरेका छन् ।

मल पाउने आशामा किसान कृषि सामग्री कम्पनीको कार्यालय र सहकारीमा दैनिकजस्तो पुग्ने गरे पनि निराश भएर फर्कने गरेका छन् । कृषि सामग्री कम्पनीका देशैभरका गोदामहरुमा डीएपी मलको अभाव छ । गहुँ खेतीका लागि किसानबाट डीएपी मलको अत्यधिक माग हुनेगर्छ ।

प्रकाशित मिति:     ५ मंसिर २०७८, आईतवार  |    Himali Khabar