४ महिनामा पूँजीगत खर्च ५ प्रतिशत पनि भएन

४ महिनामा पूँजीगत खर्च ५ प्रतिशत पनि भएन

काठमाडौं । चालू आर्थिक वर्ष शुरू भएको पहिलो ४ महिना  बितिसक्दा पूँजीगत खर्च ५ प्रतिशतको हाराहारीमा मात्र पुगेको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार कात्तिक मसान्तसम्ममा विनियोजितमध्ये २० अर्ब ७९ करोड मात्रै अर्थात् पूँजीगत खर्च जम्मा ४.७३ प्रतिशत भएको छ । यो वर्ष पूँजीगत खर्च अघिल्लो वर्षको महमारीको समयमा भन्दा पनि कम भएको हो ।

आर्थिक वर्ष ०७७/७८ को पहिलो ४ महिनामा पूँजीगत खर्च लक्ष्यको ८.३४ प्रतिशत प्रगति भएको थियो । यो प्रगति चालू आवको तुलनामा दोब्बर बढी हो । लक्ष्यअनुसार खर्च गर्न बाँकी ८ महीनामा विनियोजनको ९५ प्रतिशत खर्च गर्नुपर्नेछ ।

यो वर्ष ४ खर्ब ३९ अर्ब रुपैयाँ बजेट विकास लक्षित पूँजीगत कामका लागि छुट्ट्याएको थियो । 

प्रकाशित मिति:     ३ मंसिर २०७८, शुक्रबार  |    Himali Khabar