बैङ्कको ब्याजदर १०.०५ प्रतिशत पुग्यो

बैङ्कको ब्याजदर १०.०५ प्रतिशत पुग्यो

काठमाडौं । सञ्चालनमा रहेका अधिकांश वाणिज्य बैङ्कको ब्याजदर अधिकतम बिन्दु १०.०५ प्रतिशतमा पुगेको छ । मङ्सिरका लागि ब्याजदर प्रकाशित गरेका वाणिज्य बैङ्कको नयाँ ब्याजदर मिल्दोजुल्दो देखिएको छ ।

ब्याजदर निर्धारण गर्नुअगावै राष्ट्र बैङ्कले ब्याजदर निर्धारणमा नयाँ सर्कुलर जारी गरेपछि धेरै बैङ्कको निक्षेप ब्याजदर १०.०५ प्रतिशतमा अडिएको हो ।
सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैङ्क, स्ट्यान्डर्ड चार्टर्ड बैङ्क र मेगा बैङ्कको भने मुद्दती निक्षेपको ब्याजदर एकल अङ्कमा रहेको छ । राष्ट्रिय वाणिज्य बैङ्कको मुद्दती निक्षेपको ब्याजदर सबैभन्दा कम ९.११ प्रतिशत रहेको छ भने स्ट्यान्डर्ड चार्टर्ड बैङ्कको मुद्दती निक्षेपको ब्याजदर ९.५ प्रतिशत र मेगा बैङ्कको ९.९६ प्रतिशत रहेको छ ।

बैङ्क तथा वित्तीय संस्थाले निक्षेपमा प्रदान गर्ने ब्याजदर निर्धारण गर्दा अघिल्लो महिनाको ब्याजदरमा बढीमा १० प्रतिशतका दरले मात्र परिवर्तन गर्न पाउने गरी नेपाल राष्ट्र बैङ्कले तीन दिनअघि व्यवस्था गरिसकेको छ ।

प्रकाशित मिति:     २ मंसिर २०७८, बिहीबार  |    Himali Khabar