भारतमा नेपाली बिजुली प्रतियुनिट ३२ रुपैयाँसम्ममा बिक्री

भारतमा नेपाली बिजुली प्रतियुनिट ३२ रुपैयाँसम्ममा बिक्री

काठमाडौं । भारतीय खुला बजारमा नेपाली विद्युत् प्रतियुनिट ३२ रुपैयाँ (भारू २०) सम्ममा विक्री भएको छ । गत बिहीवार भारतीय विद्युत् एक्सचेन्ज मार्केटमा उक्त मूल्यमा पनि विद्युत् विक्री भएको हो ।

बिहीवार साँझ भारतको ६ : ३० बजेदेखि ६ : ४५ सम्मको ब्लकमा नेपाली विद्युत् प्रतियुनिट भारू २० सम्ममा विक्री भएको नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले बताए ।

भारत सरकारको अनुमति पाएसँगै प्राधिकरणले गत कात्तिक १७ गतेयता निरन्तर त्यहाँको विद्युत् एक्सचेन्ज मार्केटमा प्रतिस्पर्धीदरमा बिजुली विक्री गर्दै आएको छ

प्रकाशित मिति:     २८ कार्तिक २०७८, आईतवार  |    Himali Khabar