७ अर्ब रुपैयाँ लागत कञ्चनपुरको दोधारा – चाँदनीमा सुक्खा बन्दरगाह बनाइदै

७ अर्ब रुपैयाँ लागत कञ्चनपुरको दोधारा – चाँदनीमा सुक्खा बन्दरगाह बनाइदै

महेन्द्रनगर । कञ्चनपुरको दोधारा – चाँदनीमा स्थापनाको प्रस्ताव गरिएको सुक्खा बन्दरगाहको वातावरण प्रभाव मूल्याङ्कन(ईआईए) को काम सकिएको छ ।

दोधारा चाँदनीको मायापुरी र गौरीशङ्कर सामुदायिक वन क्षेत्रमा स्थापना गर्ने सुक्खा बन्दरगाहको कागजी कामसमेत सकिएको र वाणिज्य तथा आपूर्ति मन्त्रालय र वन मन्त्रालयमा स्वीकृतिका लागि प्रक्रिया शुरु भइसकेको नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले जानकारी दिए।

तीन वर्ष १० महीनाभित्र सुक्खा बन्दरगाह बनाउन लक्ष्य रहेको इन्टरमोडल यातायात विकास समितिको भनाइ छ । २७८ बिघा क्षेत्रफलमा बन्ने बन्दरगाह निर्माणका लागि ७ अर्ब रुपैयाँ लागत अनुमान गरिएको कार्यकारी निर्देशक गजुरेलले बताए।

प्रकाशित मिति:     २५ कार्तिक २०७८, बिहीबार  |    Himali Khabar