गायक योगेश्वर अमात्यको जग्गाको नक्कली पूर्जा बनाएर १९ करोड ऋण लिएको भेटियो

गायक योगेश्वर अमात्यको जग्गाको नक्कली पूर्जा बनाएर १९ करोड ऋण लिएको भेटियो

काठमाडौं । गायक यागेश्वर अमात्यको जग्गाको नक्कली धनी पूर्जा बनाएर ऋण प्रवाह भएको भेटिएको छ । अमात्यको बारामा रहेको १२ विगाहा जग्गा धितो राखेर कुमारी बैंकको बारा शाखाबाट १९ करोड रुपैयाँ ऋण प्रवाह भएको पाइएको हो ।

यसबारे जानकारी पाएपछि अमात्यले दशैं अघि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा अनुसन्धानका लागि जाहेरी दिएका थिए । त्यसअनुसार सरकारी लिखत कीर्ते सम्बन्धी कसूरमा अनुसन्धानका लागि ब्यूरोले केही साता अघि ५ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बैंकको ऋण अधिकृत सोनु ठाकुर, मूल्यांकनकर्ता राजेश चौरसियासहित नक्कली जग्गा धनी बन्ने एसके महर्जन, मुक्तिलाल गौतम र विचौलिया कुसुम प्रधान रहेका छन् ।

प्रकाशित मिति:     २४ कार्तिक २०७८, बुधबार  |    Himali Khabar