बेमौसमी वर्षाले सवा सात अर्बको धान क्षति

बेमौसमी वर्षाले सवा सात अर्बको धान क्षति

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले केहिसमय अघिको बेमौसमी अविरल वर्षाका कारण एक लाख ९८ हजार पाँच सय २१ हेक्टर क्षेत्रफलमा लगाएको धानबालीमा असर पुगेको प्रारम्भिक तथ्यांक सार्वजनिक गरेको छ । प्रदेशबाट पठाएको तथ्यांक अनुसार, ६७ हजार नौ सय १९ हेक्टर क्षेत्रफलमा लगाएको धानबालीमा भने ठूलो क्षति पुगेको छ ।

मन्त्रालयले २ लाख ५८ हजार ९२ टन धानमा क्षति पुगेको र त्यसको मूल्य ७ अर्ब २२ करोड रुपैयाँ हुने मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलले जानकारी दिए । सरकारले क्षतिको यकिन विवरण तयार गरी छिट्टै किसानहरूलाई राहत वितरण गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति:     ६ कार्तिक २०७८, शनिबार  |    Himali Khabar