डुबानमा परेको विराटनगर विमानस्थल शनिवारबाट सञ्चालनमा ल्याउने तयारी

डुबानमा परेको विराटनगर विमानस्थल शनिवारबाट सञ्चालनमा ल्याउने तयारी

काठमाडौं । अविरल वर्षाका कारण जलमग्न बनेको विराटनगर विमानस्थल शुक्रबार सम्मका लागि बन्द हुने भएको छ। विमानस्थलको पुनः संचालनका लागि तयारी गर्न समय लाग्ने भएपछि यो विमानस्थल शुक्रबार साँझ ५ः०० बजेसम्मका लागि बन्द गर्न नोटाम जारी गरिएको छ ।

बुधबारको तुलनामा विमानस्थलको धावनमार्गतर्फ पानीको सतह कम भएपनि ट्याक्सी वे र एप्रोनमा पानीको सतह कम भइसकेको छैन् । विमानस्थल छेउबाट बग्ने नहर व्यवस्थापन नभएका कारण विमानस्थल नै डुबानमा परेको हो ।

डुबानका कारण विमानस्थलमा प्रयोग हुँदै आएको विद्युतीय उपकरण पुनः मर्मत गर्नुपर्ने अवस्था रहेको छ । सकेसम्म शनिबारबाट विमानस्थल संचालनमा ल्याउने योजना विमानस्थल कार्यालयको छ ।

प्रकाशित मिति:     ४ कार्तिक २०७८, बिहीबार  |    Himali Khabar