बिटक्वाइनको मूल्य ६० हजार डलर नाघ्यो

बिटक्वाइनको मूल्य ६० हजार डलर नाघ्यो

काठमाडौं । बिटक्वाइनको मूल्य ६ महिना यताकै उच्च बिन्दूमा पुगेको छ। अन्तराष्ट्रिय बजारमा शुक्रबार बिटक्वाइनको मूल्य ६० हजार डलरभन्दा बढी भयो। गत अप्रिलको मध्यताका यसको मूल्य ६५ हजार डलर नजिक पुगेर फेरि ओरालो लागेको थियो।

लगानीकर्तामा अमेरिकी नियामकहरुले विटक्वाइनसँग जोडिएको एक्सचेन्ज ट्रेडेड फण्डलाई अनुमति दिने विश्वास बढेसँगै यसको मूल्यपनि बढेको बताइएको छ ।

प्रकाशित मिति:     २९ आश्विन २०७८, शुक्रबार  |    Himali Khabar