बजारमा कोरोना बिर्साउने भिड, जोखिम नटरेको भन्दै सचेत रहन सरकारको आग्रह

बजारमा कोरोना बिर्साउने भिड, जोखिम नटरेको भन्दै सचेत रहन सरकारको आग्रह

काठमाडौं । दशैको बजारमा किनमेलका लागि मानिसको भीड बढ्दैछ । काठमाडौंका मुख्य बजार क्षेत्र न्युरोड, नयाँ बानेश्वर, असनलगायतका ठाँउमा मानिसको भीडभाड निकै देख्न सकिन्छ । जहाँ न स्वास्थ्य मापदण्डको पूर्ण पालना भएको छ, न त अधिकांश उपभाेक्ताले मास्कको उचित प्रयोग नै गरिरहेका देखिन्छन् ।

यता, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भने स्वास्थ्य मापदण्ड पालना गर्नको लागि आग्रह गरिरहेको छ । कोरोना भाइरसको सङ्क्रमण केही घटेको भए पनि जोखिम भने नटरेको मन्त्रालयको भनाइ छ । मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार जोखिम कायमै रहेकाले यस्ता भिडभाडले फेरि सङ्क्रमण बढ्न सक्ने भन्दै सम्यमित हुन आग्रह गरे । पछिल्ला दिनमा बजारमा भीडभाड बढेको देखिएको छ । तर, कोभिडको जोखिम कायमै रहेकाले यस्ता भिडभाडले फेरि सङ्क्रमण बढ्न सक्ने देखिन्छ अनुमान छ ।

धेरै मानिसले अझै कोभिड विरुद्वको खोप प्राप्त गर्न बाँकी रहेकाले कोभिडको जोखिम अझै कायम छ । दशैका लागि मानिसहरु शहरबाट गाउँ फर्कने भएका कारण ग्रामीण भेगमा अझ सतर्कता अपनाउनु आवश्यक रहेको छ । दशै–तिहार जस्ता चाडमा मानिसको जमघट, घुलमिल बढी हुने भएका कारण पनि संक्रमण बढ्न सक्ने भएकाले नागरिकले स्वास्थ्य मापदण्डको पालनामा सचेत हुनु जरुरी छ ।

प्रकाशित मिति:     २३ आश्विन २०७८, शनिबार  |    Himali Khabar