चिनियाँ सामग्री आयातमा ७० प्रतिशत कमी

चिनियाँ सामग्री आयातमा ७० प्रतिशत कमी

काठमाडौं । नेपाली बजारको ७० प्रतिशतसम्म माग धान्ने गरेको चीनको तयारी सामाग्री आयातमा कमी आएको छ । कोरोना महामारीका कारण चीनले प्रवेशमा कडाइ गरेपछि तयारी पोशाक आयातमा ८५ प्रतिशतसम्म कमी आएको भन्सार विभागले जनाएको छ ।

दुई वर्ष अघि दैनिक एकसय वटा कन्टेनर नेपाल प्रवेश गर्ने गरेपनि हाल आठ देखि १० वटासम्म मात्र कन्टेनर नेपाल आउने गरेको तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारद गौतमले जानकारी दिए । नेपाली व्यपारीहरुलाई प्रवेशमा पूर्ण रोक लगाएपछि कुनै दिन सामाग्री आयात शुन्य हुने गरेको उहाँले बताउनुभयो । सामाग्री आयातमा कमी आएसँगै राजश्व संकलनमा समेत कमी आएको हो ।

सिन्धुपाल्चोकको तातोपानी र रसुवाको केरुङ नाकाबाट मुख्य गरी सामाग्री भित्रिने गरेको छ । अन्य छोटी नाका र स्थानीयस्तरमा सञ्चालित नाकाबाट भने सामान्य घरयासी प्रयोजनका लागि मात्र सामाग्री आयात हुने गरेको छ । तयारी

प्रकाशित मिति:     २० आश्विन २०७८, बुधबार  |    Himali Khabar