धितोपत्र बोर्डका अध्यक्ष ढुंगाना बर्खास्त

धितोपत्र बोर्डका अध्यक्ष ढुंगाना बर्खास्त

काठमाडौं। सर्वोत्तम सिमेन्टको सेयर विवादमा मुछिएका नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानालाई सरकारले बर्खास्त गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ढुंगानालाई बर्खास्त गरेको हो।

न्यायिक छानबिन समितिले दिएको प्रतिवेदनका आधारमा सरकारले ढुंगानालाई बर्खास्त गरेको हो। एक महिना अघिको मन्त्रिपरिषद्को बैठकले उच्च अदालतका पूर्व न्यायाधीश अनन्तराज डुम्रेको संयोजकत्वमा गठित छानविन समिति गठन गरेको थियो।

समितिमा नेपाल कानुन आयोगका सहसचिव अर्जुनकुमार खड्का र विज्ञ सदस्यका रूपमा नारायणप्रसाद पौडेल सदस्य रहेको समिति गठन गरेको थियो। सो समितिले दुई साता अघि अर्थमन्त्री जनार्दन शर्मालाई प्रतिवेदन दिएको थियो।

प्रकाशित मिति:     १९ आश्विन २०७८, मंगलवार  |    Himali Khabar