केराउ, सुपारी, छोकडा र मरिच आयातमा रोक

केराउ, सुपारी, छोकडा र मरिच आयातमा रोक

काठमाडौं । सरकारले केराउ, सुपारी, छोकडा र नधुल्याइएको मरिच आयातमा रोक लगाएको छ । नेपाल राष्ट्र बैंकले एक सूचना जारी गर्दै यी चार वटा वस्तुको आयातमा रोक लगाइएको जनाएको हो ।

सूचनामा २०७८ असारमसान्तसम्म ढुवानी भइसकेका बस्तु आयात गरिने तर साउनदेखि आयात रोकिने बताइएको छ । विसं २०७७ चैत ९ गते राजपत्रमा प्रकाशित सूचनाबमोजिम उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको अनुरोधमा आयात गर्न रोक लगाइएको केन्द्रीय बैंकले बताएको छ ।

यसअघि २०७७ चैत ९ गते बसेको मन्त्रिपरिषद्को बैंठकले एक वर्षदेखि लगाइएको प्रतिबन्द खुला गर्दै आयातामा कोटा प्रणाली लागू गरेको थियो । सरकारले वार्षिक ८० हजार मेट्रिकटन केराउ, २५ हजार मेट्रिकटन सुपारी, ५ हजार मेट्रिकटन छोकडा र १५ हजार मेट्रिकटन नधुल्याएको मरिच आयातका लागि कोटा प्रणाली खुला गरेको थियो ।

प्रकाशित मिति:     १८ आश्विन २०७८, सोमबार  |    Himali Khabar