फलामे छडकाे मूल्य किलोमा चार रुपैयाँ घट्याे

फलामे छडकाे मूल्य किलोमा चार रुपैयाँ घट्याे

काठमाडौं । सरकारले फलामे छडमा लाग्दै आएको अन्तशुल्क हटाएसँगै फलामे छडको मूल्य घट्ने भएको छ । नेपाल फलामे छड उत्पादन सङ्घले स्पन्ज आइरनको आयातमा लाग्ने भन्सार तथा अन्तशुल्कमा छुट भएसँगै मूल्य घट्ने जनाएको हो ।

संघले एक विज्ञप्ति जारी गर्दै सङ्घमा आवद्ध उद्योगलाई प्रतिकिलो चार रुपैयाँ घटाउन निर्देशन दिएको हो । बजेटमा नै भन्सारसँगै अन्तशुल्कमा छुट भएपछि सरकारलाई बुझाउनुपर्ने राजस्व रकम उपभोक्तालाई छुट दिने तयारी भएको संघका अध्यक्ष साहिल अग्रवालले जानकारी दिए ।

नेपाल सरकारले २५ भदौ २०७८ मा ल्याएको बजेटबाट स्पंज आइरनमा भएको भन्सार छुट तथा स्थानीय फलामे उत्पादनमा अन्तशुल्क नलाग्ने व्यवस्थाको यस सङ्घ स्वागत गर्दछ । सो व्यवस्थाबाट नेपालमा उत्पादित फलामे छडको लागत प्रतिकेजी चार रुपैयाँ घट्न जाने छ ।

प्रकाशित मिति:     १८ आश्विन २०७८, सोमबार  |    Himali Khabar