कोरोनाका कारण नेपालमा रोकिएका विदेशी नागरिक पुससम्म बस्न पाउने

कोरोनाका कारण नेपालमा रोकिएका विदेशी नागरिक पुससम्म बस्न पाउने

काठमाडौं । कोरोना महामारीका कारण आफ्नो मुलुकमा फर्कन नपाएका विदेशी नागरिकले आगामी पुस मसान्तसम्म आफ्नो बसाई अवधि लम्ब्याउन पाउने भएका छन् ।

कोरोनाका कारण अन्तर्राष्ट्रिय उडान सुचारु नभएको अवस्थामा स्वदेश फर्कन नपाएका र पूर्वभिसा अवधि थप गरी नेपालमा बसिरहेका पर्यटकले आगामी पुस मसान्तसम्म नेपालमा रहन पाउने निर्णय भएको अध्यागमन विभागले जनाएको छ । विभागका अनुसार यस अवधिसम्म बस्नका लागि पर्यटकले नियम अनुसारको शुल्क भने तिर्नुपर्नेछ ।

प्रकाशित मिति:     १५ आश्विन २०७८, शुक्रबार  |    Himali Khabar