बैंकहरुमा लगानीयोग्य रकमको चरम अभाव, एक सातामा ९ अर्ब मात्र निक्षेप संकलन

बैंकहरुमा लगानीयोग्य रकमको चरम अभाव, एक सातामा ९ अर्ब मात्र निक्षेप संकलन

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुमा लगानीयोग्य रकम (तरलता) अभाव झन बढ्दै गएको छ । नेपाल बैंकर्स संघका अनुसार असोज पहिलो सातामा वाणिज्य बैंकहरुले ३१ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । तर सो अवधिमा बैंकहरुले जम्मा ९ अर्ब रुपैयाँमात्रै निक्षेप संकलन गरेका छन् ।

यसले पनि बैंकहरुमा तरलता समस्या तत्कालै समाधान भइहाल्दैन कि भन्ने संकेत गरेको छ । नेपाल राष्ट्र बैंकका अनुसार अहिले वित्तीय बजारमा २२ अर्ब रुपैयाँ तरलता छ । राष्ट्र बैंकले बजारमा लगानी योग्य रकम अभाव भए पछि केही दिनअघि मात्रै २० अर्ब रुपैयाँ रकम बजारमा पठाएको थियो ।

साउन महिनामा रेमिट्यान्स १८ प्रतिशतले घटेको छ । अर्को तर्फ दशैका लागि नागरिकले बैंकमा भएको नगद समेत निकालेको कारण दशैपछि त्यो रकम समेत बैंकमा फर्कने र सरकारि खर्च पनि भएमा तरलता अभावको समस्या हल हुने विश्वास बैंकर्सहरुको छ ।

प्रकाशित मिति:     १२ आश्विन २०७८, मंगलवार  |    Himali Khabar