२ महिनामा १ सय ४२ वटा विद्युतीय चारपांग्रे सवारीको आयात

२ महिनामा १ सय ४२ वटा विद्युतीय चारपांग्रे सवारीको आयात

काठमाडौं । चालू आर्थिक वर्ष २०७८/७९ को पहिलो २ महिनामा करीब साढे ४४ करोड रुपैयाँको विद्युतीय चारपांग्रे सवारीको आयात भएको छ ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालू आवको असार र साउनमा ४४ करोड २ लाख रुपैयाँको १ सय ४२ वटा जीप, कार र भ्यान आयात भएको छ । तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले विद्युतीय गाडीको भन्सार बढाएर ४० देखि ८० प्रतिशतसम्म पुर्‍याएका थिए । भन्सार वृद्धिसँगै अघिल्लो वर्षको जेठदेखि भदौसम्म आयात ठप्पै देखिएको थियो ।

प्रकाशित मिति:     १० आश्विन २०७८, आईतवार  |    Himali Khabar