देशका विभिन्न स्थानमा पाँच सयवटा चार्जिङ स्टेसन निर्माणको तयारी

देशका विभिन्न स्थानमा पाँच सयवटा चार्जिङ स्टेसन निर्माणको तयारी

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले थप पाँच सयवटा चार्जिङ स्टेसन निर्माण गर्नेभएको छ । स्टेसन निर्माणका लागि आवश्यक जग्गा उपलब्ध गराउन शुक्रबार सूचना सार्वजनिक गरेको छ ।

प्राधिकरणले राजमार्ग, बसपार्क, सपिङ मल, सिनेमा भवन, शिक्षण संस्था, अस्पताल, होटल, रेस्टुरेन्ट एवं अन्य सार्वजनिक स्थलमा चार्जिङ स्टेसन निर्माण गर्न चाहनेलाई सम्पर्क गर्न आह्वान गरेको हो । स्टेसन निर्माण निजी तथा सार्वजनिक संस्थासँगको सहकार्यमा निर्माण गरिने प्राधिकरणले जनाएको छ ।

पाँच सयवटा चार्जर जडान गर्ने योजनासहित जग्गा प्राप्तिको सूचना सार्वजनिक गरिएको प्राधिकरणका चार्जिङ स्टेसन परियोजना प्रमुख सागर ज्ञवालीले जानकारी दिए । प्राधिकरणले देशका प्रमुख राजमार्गका ३२ स्थानमा ५० वटा चार्जिङ स्टेसन निर्माण कार्य सुरु गरेको छ । प्राधिकरणले विद्युतीय सवारी साधनलाई लक्षित गरी चार्जिङ स्टेसन निर्माण सुरु गरेको हो ।

प्रकाशित मिति:     ९ आश्विन २०७८, शनिबार  |    Himali Khabar