बिटक्वाइन मुद्दामा ५ जना दोषी ठहर , ५ जनालाई सफाइ

बिटक्वाइन मुद्दामा ५ जना दोषी ठहर , ५ जनालाई सफाइ

काठमाडौं । कम्प्युटर सफ्टवेयरमार्फत् गणितीय सूत्रको प्रयोग गरी इन्टरनेटमार्फत् गर्ने पैसाको कारोबार (बिटक्वाइन) मुद्दामा ५ जना दोषी ठहर भएका छन् भने ५ जनाले सफाइ पाएका छन्।

सिन्धुली मरिन गाउँपालिका कल्पवृक्ष–४ घर भएका ३४ वर्षीय ज्ञानप्रसाद पौडेल, अर्घाखाँचीको मालारानी गाउँपालिका खन–७ का ३४ वर्षीय माधव खनाल, काठमाडौं–४ भाटभटेनीका २५ वर्षीय प्रशान्तप्रताप शाह, रुपन्देही उपमहानगरपालिका–११ का मनिषकुमार गिरी, नुवाकोट बेलकोटगढी नगरपालिका–५ की २४ वर्षीया बिन्दा ढकाल दोषी ठहर भएका हुन्।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश चाणकमणि अर्यालको इजलासले उनीहरुलाई दोषी ठहर गरेको हो। उनीहरुलाई सजाय तोक्न भने बाँकी नै छ। त्यसैगरी राप्रपाका एक नेतासहित ५ जनाले भने सफाइ पाएका छन् । सफाइ पाउनेमा राप्रपाका नेता दमन बस्नेत, अर्घाखाँचीको मालारानी खन–७ का सञ्जय खनाल, सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–७ का मिङमार तामाङ, ताप्लेजुङका २१ वर्षीय विश्वविक्रम राई र स्याङ्जाको बिरुवा–१ का सौगातकुमार वाग्लेले रहेका छन्।

प्रकाशित मिति:     ७ आश्विन २०७८, बिहीबार  |    Himali Khabar