यो वर्ष नेपालको आर्थिक वृद्धि ४.१ प्रतिशत हुने

यो वर्ष नेपालको आर्थिक वृद्धि ४.१ प्रतिशत हुने

काठमाडौं । एसियाली विकास बैंक (एडीबी) ले यसअघि गरेको चालु आर्थिक वर्ष नेपालको आर्थिक वृद्धिदरको प्रक्षेपण संसोधन गरेको छ। यसअघि बैंकले नेपालको आर्थिक वृद्धिदर ५.१ प्रतिशतले हुने प्रक्षेपण गरेको थियो।

तर आज सार्वजनिक गरेको इकोनोमिक आउटलुक २०२१ मार्फत् प्रक्षेपण गर्दै यो वर्ष ४.१ प्रतिशतको आर्थिक वृद्धिदर हात लाग्ने अनुमान गरेको हो।

चालु वर्षका लागि सरकारले ७२ प्रतिशत नागरिकलाई कोरोना विरुद्धको भ्याक्सिन लगाइसक्ने योजना बनाएको र सोहीअनुसार कार्यान्वयन भएमा आर्थिक गतिविधि सामान्य बन्दै जाने बैंकको विश्वास छ।

प्रकाशित मिति:     ६ आश्विन २०७८, बुधबार  |    Himali Khabar