घोषणापत्रमा उल्लेख गरेका ८० प्रतिशत काम गरिसकेँ : टान अध्यक्ष सुवेदी

घोषणापत्रमा उल्लेख गरेका ८० प्रतिशत काम गरिसकेँ : टान अध्यक्ष सुवेदी

खुम बहादुर सुवेदी ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का अध्यक्ष हुन । पदयात्रा पर्यटनमा लामो अनुभव हाँसिल गरेका सुवेदी गत वर्षको भदौंमा भएको टानको ४१ औं साधारण सभाबाट अध्यक्षमा निर्वाचित भएका हुन । यो अवधीमा उनको टिमले गरेका कामहरु, टिम्स विवाद र अबको योजनाबारे हिमाली खबरले अध्यक्ष सुवेदीसँग गरेको संक्षिप्त कुराकानीको सम्पादित अंश ः

तपाईको कार्यकालको साढे १ वर्ष वितेको छ, यो अवधीलाई कसरी समीक्षा गर्नुहुन्छ ?

मैले कार्यभार समालेको करिब ३ महिना पछि कोभिड महामारीले गर्दा देश लकडाउनमा गयो । यसले गर्दा जुन अपेक्षा गरिएको थियो, त्यो अनुरुप काम हुन नसकेकै हो । यसलाई मैले स्वीकार्नु पर्छ । तर, जति समय पाइएको थियो । त्यो समयलाई हेर्दा म सन्तुष्ट छु । हामीले नेपालको टुरिजम प्रमोसनको गतिविधिलाई अन्तर्राष्ट्रिय रुपमा इम्प्लिमेन्ट गर्न नसकिएपनि नीतिगत रुपमा नेपाल सरकारसँग धेरै काम गरेका छौं । विषेश गरी नेपाल टुरिजम बोर्डसँग हामीले थुप्रै काम गरेका छौं । टिम्सबारे टान र बोर्डबीच जुन एमओयु थियो । त्यसलाई विनियमावली बनाएर हामीले बोर्डमा पेस गरिसकेका छौं । त्यो नेपालको टुरिजमको लागि महत्वपूर्ण स्टेप हो । सन् २०१० बाट टिम्स सुरु भएपछि आजसम्म आउँदा हामीले जोइन्ट फण्डका कुनै पनि गतिविधिहरु र टानले बजेट लिन सकिरहेको अवस्था थिएन । १५ करोड रुपैयाँ बोर्डबाट बजेट विनियोजन गरेको अवस्था छ । त्यो भनेको चोयु हिमाल सरसफाईका लागि ३ करोड,९ करोड ६० लाख विभिन्न पदयात्रा गन्तव्यहरुको पहिचान प्रवद्र्धन र भइरहेका पदमार्गहरुको मर्मत संभार लागि र २ करोड ४० लाख रुपैयाँ श्रमिक साथीहरुलाई छुट्याएका छौ । यो पनि एउटा उपलब्धी हो भन्ने मलाई लाग्छ ।

अहिले कोभिडको प्रभाव कम भइरहेको अवस्थामा हामीले निकट भविष्यमा प्रचार प्रसारलाई अगाडि बढाउँने छौं । त्यसका लागि डिजिटल प्रविधिलाई विकास गरिरहेको अवस्था छ । संस्थागत हिसावले सरकारसँग गर्नुपर्ने सहकार्यहरु, बोर्डसँग गर्नुपर्ने सहकार्यहरु र एउटा नीतिगत रुपमा हामीले राम्रैसँग काम गरेको पाएको छु ।

चुनावमा गरेको बाचा कति पूरा भन्ने लाग्छ ?

मैले चुनावी घोषणपत्रमा टिम्सका कुरा ६ महिना भित्र गर्छु भनेको थिएँ । हाम्रो आन्तरिक लेखापरीक्षण गरेको फाइल नेपाल टुरिजम बोर्डलाई छिटै पु¥याउँदैछौं । त्यो एउटा महत्वपूर्ण कुरा हो । हेर्दा साधारण लाग्न सक्छ । किन भने टान र बोर्डबीचमा जुन समस्याहरु थियो, त्यो समस्याहरुलाई मैले यो माउन्टेन टुरिजममा करिव–करिव क्लियर गर्न लागेको छु ।

अन्तर्राष्ट्रिय ट्राभल्स फियर अथवा एड्भेन्चर ट्राभल नेपालमा गर्ने भनेर भनेको थिए । तर, कोभिडको कारणले गर्दा नेपालमा पर्यटक बढाउँन सकिएन । यो सबैले बुझ्ने र देख्ने कुरा हो । त्यो देखि बाहेक ८० प्रतिशत मैले भनेका नीतिगत कुरादेखि अन्य विभिन्न कुराहरु प्रयोग गर्न सकिएको छ । एउटैमात्र के हो भने हामीले प्रमोसनल कामहरु अन्तर्राष्ट्रिय रुपमा गर्नुपर्ने थियो कोभिडको त्यो गर्न सकिएन ।

तर टिम्सबीचको विवाद पनि अझै हल हुन त सकेको छैन् नी । यसलाई अब कति कुर्नुपर्छ ?

मैले अघि पनि भने यो करिव–करिव अन्तिम चरणमा पुगेको छ । टिम्स समाधानका जुन विषय वस्तुहरु थियो त्यो बोर्डलाई बुझाउँदैछौं । त्यसले गर्दा सन् २०१० सालदेखिको अहिलेसम्मको बोर्ड र टानबीचको जुन विवादहरु थियो, त्यो समाधान हुँदैछ । यो सबैभन्दा ठूलो उपलब्धी हो । टान र बोर्डको लागि पनि काँडा झिक्ने काम हो ।

टानको काम नयाँ पदमार्ग खोज्ने, पुरानो पदमार्गलाई स्तरोन्नती गर्ने हो । तर तपाईको कार्यकालको आजसम्म त्यो काममा कुनै सक्रियता देखिएन नि ?

टानले पूर्वदेखि पश्चिमसम्म विभिन्न गतिविधि गर्न तयारीमा थियो । तर, कोभिडको कारणले गर्दा कम भए कै हो । तर हामीले लाङटाङ्ग, रोल्वालीङ र गोरखाका विचिन्न ठाउँहरुमा पदमार्ग विकास र स्तरोन्नती गरेका छौं । जति हामीले गर्नुपथ्यो त्यति चाहीँ नभएको पक्कै हो ।

प्रमोसनका कुराहरुमा नयाँ–नयाँ गन्तव्यहरु खोजी गर्नुपर्ने थियो । अब हामीसँग केही समय बाँकी नै छ । हामीसँग केही बजेट पनि छ । त्यो खोजी कार्य र नयाँ एक्सपो र प्रमोसन गर्ने लक्ष्यमा हामी छौं । पर्यटक नआउँदा केही गर्न त सकिन्थ्यो होला तर, लकडाउनले गर्दा हामीलाई प्रभाव पार्याे । हामी विभिन्न स्थानमा जानका लागि सहज वातावरण भएन ।

अन्तमा , अब बाँकी रहेको समयमा के–के गर्ने योजना बनाउँनु भएको छ ?

देशभरीमा कहाँ कहाँ ट्रेकिङ पूर्वाधारका समस्या छन् त्यसलाई अध्ययन गरी काम गर्नुपर्ने छ । नयाँ गन्तव्यहरुको हामीले प्रवद्र्धन गर्नुपर्ने छ । अबको ८ महिनाभित्र हामीले नयाँ गन्तव्यको पहिचान र प्रवद्र्धन गर्नेछौं । अहिले कोभिडको प्रभाव पनि कम छ । अब हामी सबै आफ्नो गतिविधिमा जान्छौं । ति गतिविधिहरु हामीले २ देखि ३ महिना भित्र गर्ने छौं ।

कोभिडको प्रभाव कम भएको भएपनि अहिले सरकारले पर्यटकहरुलाई नेपाल आउँन कठोर नीति बनाएको छ । त्यसलाई सहज बनाउँन आवश्यक छ । पहिलेको जस्तो पर्यटकहरु नआउँन सक्छन् । तर, आएकालाई नर्मल रुपमा हिडडुल गर्न दिनुपर्ने हुन्छ । अझै पर्यटन क्षेत्र पहिलेकै अवस्थामा आउँन २ वर्ष त लाग्छ भन्ने हाम्रो बुझाई छ ।

प्रकाशित मिति:     १७ फाल्गुन २०७७, सोमबार  |    Himali Khabar