आजदेखि दशैं/तिहार लक्षित सहुलियत पसल सञ्चालन

आजदेखि दशैं/तिहार लक्षित सहुलियत पसल सञ्चालन

काठमाडौं । सरकारले आजदेखि देशका विभिन्न स्थानमा दशैं/तिहार लक्षित सहुलियत पसल सञ्चालनमा ल्याएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेशनमार्फत सरकारले देशका ८५ स्थानमा पसल सञ्चालनमा ल्याएको हो ।

सहुलियत पसलमा दैनिक उपभोग्य वस्तुहरु बिक्रीमा राखिन्छ । ती पसलमा दाल, चामल, चिनी, नून र खानेतेल लगायतका वस्तु बिक्रीमा राखिने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जानकारी दिएको छ । दशैं÷तिहारलाई लक्षित गर्दै व्यापार कम्पनीले देशभरका ४३ स्थानमा, कर्पोरेशनले ३२ र राष्ट्रिय दुग्ध विकास संस्थानले १० स्थानमा सहुलियत पसल सञ्चालनमा ल्याउने भएका हुन् । 

प्रकाशित मिति:     १ आश्विन २०७८, शुक्रबार  |    Himali Khabar