रासायनिक मलको अभाव, इन्डोनेसियाबाट मल खरिद प्रक्रिया अघि बढाइयो

रासायनिक मलको अभाव, इन्डोनेसियाबाट मल खरिद प्रक्रिया अघि बढाइयो

काठमाडौं । किसानले धान लगायत अन्य बालीमा रासायनिक मल प्रयोग गर्न नपाएको गुनासो बडेसँगै कृषि सामाग्री कम्पनीले १५ दिन भित्र मल नेपालमा भित्र्याउने तयारी थालेको छ । इन्डोनेसियाबाट मल खरिद प्रक्रिया अघि बढेकाले असोज १५ गतेसम्ममा युरियामल नेपाल आइपुग्ने कृषि सामग्री कम्पनी लिमिटेडका प्रवक्ता विष्णुप्रसाद पोखरेलले जानकारी दिए ।

अहिले मुलुकमा ८ हजार ६ सय ६४ मेट्रिक टन मात्र रासायनिक मल मौज्दात रहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ। धान गोड्दा युरिया मल प्रयोग हुने भएकाले अहिले माग उच्च छ।

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव डा. कृष्णप्रसाद आचार्यले अक्टोबरसम्म ७० हजार मेट्रिकटन रासायनिक मल आइसक्ने यसअघिनै बताइसकेका छन् ।

भारतसँग मल खरिदसम्बन्धी गरिएको सम्झौता अनुसार मल आयात भएको छैन । जस्को कारण मल अभावको संकट बढेकाे हो । पछिल्लो बजेटबाट सरकारले ३ लाख मेट्रिक्टन मल किन्ने भनेको छ ।

प्रकाशित मिति:     १ आश्विन २०७८, शुक्रबार  |    Himali Khabar