स्रोत नै नभएका चौध सय आयोजना खारेज

स्रोत नै नभएका चौध सय आयोजना खारेज

काठमाडौं । अघिल्लो सरकारले अघि बढाएका एक हजार चार सय सडक आयोजना खारेजीमा परेका छन् । केपी शर्मा ओली नेतृत्वको सरकारले आर्थिक तथा प्राविधिक दृष्टिकोणबाट अध्ययन र पूर्वतयारी नभएका आयोजना अगाडि बढाएको थियो । तर वर्तमान सरकारका अर्थमन्त्री जनार्दन शर्माले त्यसलाई हटाइ दिएका हुन ।

कतिपय आयोजनामा स्रोतको सुनिश्चितता थिएन भने कतिपयको विस्तृत परियोजना प्रतिवेदन र अन्य प्राविधिक अध्ययन नै भएका थिएनन् । अर्थमन्त्री जनार्दन शर्माले आज प्रतिनिधिसभामा पेश गर्नुभएको चालु आर्थिक वर्षको बजेटमा प्रतिस्थापन विधेयक पेश गर्दै आर्थिक प्राविधिक दृष्टिकोणबाट अध्ययन र पूर्वतयारी नभएका प्रदेश तथा स्थानीय तहबाट कार्यान्वयन गर्न सकिने योजना कटौती गरेका हुन ।

प्रकाशित मिति:     २६ भाद्र २०७८, शनिबार  |    Himali Khabar