मेलम्ची खानेपानी आयोजनाको एडीबीले अध्ययन गर्ने

मेलम्ची खानेपानी आयोजनाको एडीबीले अध्ययन गर्ने

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको एशियाली विकास बैंक (एडीबी) को टोलीले अध्ययन गर्ने भएको छ। आयोजनाको माथिल्लो भूभागको भौगर्भिक अध्ययन गर्न एशियाली विकास बैंकको विज्ञ टोली आउने भएको हो ।

टोलीले भ्रेमाथाङमा रहेको थेग्रिनी र त्यसले मेलम्चीमा पार्नसक्ने स्थितिको अध्ययन गर्नेछ । खानेपानी मन्त्रालयले उक्त भूभाग जोखिमयुक्त रहेको भन्दै एडीबीलाई अध्ययन गरिदिन अनुरोध गरेको थियो । खानेपानी मन्त्रालयका अनुसार यताबाट पठाइएको टीओआर स्वीकृत भएको पत्र एडीबीले पठाइसकेको छ ।

हाल भ्रेमाथाङको भौगर्भिक अवस्थाबारे इसिमोडलगायत संस्थाले आआफ्नो हिसाबले अध्ययन गरिरहेका छन् । तर, खानेपानी मन्त्रालयले भने एडीबीबाटै अध्ययन गराउन खोजेको हो । एडीबी मेलम्चीको खानेपानी आयोजनाको विकास साझेदार संस्था पनि हो ।

प्रकाशित मिति:     २१ भाद्र २०७८, सोमबार  |    Himali Khabar