साउनमा मात्र एक अर्ब ५० करोडको बिदेशी बस्तु आयात

साउनमा मात्र एक अर्ब ५० करोडको बिदेशी बस्तु आयात

काठमाडौं । चालू आर्थिक वर्ष २०७८-७९ को पहिलो महिनामा साढे एक अर्ब बढीको आयात गरिएको छ । भन्सार विभागका अनुसार एक महिनामा एक अर्ब ५० अर्ब ७३ करोड १७ लाख रुपैयाँ बराबरको वस्तुको आयात भएको हो ।

गत बर्षको पहिलो एक महिनामा ८५ अर्ब ८० करोड ७९ लाख रुपैयाँ बराबरको आयात गरिएको थियो । सो अवधिका तुलनामा चालू आवमा ७५.६६ प्रतिशतले आयातमा वृद्धि भएको हो ।

यस्तै चालू आवको पहिलो एक महिनामा २० अर्ब ७६ करोड ५१ लाख रुपैयाँ बराबरको स्वदेशी वस्तुको निर्यात भएको छ । गत वर्षको तुलनामा निर्यात् ११५.८५ प्रतिशतले बढेको हो ।

प्रकाशित मिति:     १२ भाद्र २०७८, शनिबार  |    Himali Khabar