१४७ स्थानीय तहले बैठक भत्तामै सके ७ करोड ६८ लाख

१४७ स्थानीय तहले बैठक भत्तामै सके ७ करोड ६८ लाख

काठमाडौं । देशभरका ७५३ स्थानीय तहमध्ये १४७ वटा स्थानीय तहले बैठक बसेरै ७ करोड ६८ लाख रुपैयाँ सकेका छन् ।

स्थानीय तहले प्रदेश ऐनमा व्यवस्था नभएका र ऐनले नतोके पनि वडा, कार्यपालिका, गाउँ/नगर सभा लगायतको बैठक बसेर उक्त रकम भत्तामा सकेका हुन् । महालेखाको ५८ औं वार्षिक प्रतिवेदनअनुसार २०७७ सालमा स्थानीय तहले व्यापक आर्थिक अनियमितता गरेका हुन् ।

प्रकाशित मिति:     ७ भाद्र २०७८, सोमबार  |    Himali Khabar