सिन्धुपाल्चोकमा फेरि बाढी, केही घरमा क्षति

सिन्धुपाल्चोकमा फेरि बाढी, केही घरमा क्षति

काठमाडौं । सिन्धुपाल्चोकको मेलम्चीमा गएराति फेरि बाढी आएको छ । बाढीले केही घरमा क्षति पुर्याएको छ भने तालामाराङको प्रहरी चौकी विस्थापित भएको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी प्रकाश सापकोटाले लेदो माटोसहितको बाढीले केही घरमा क्षति पुगेको र केही घरमा पानी पसेको बताए । तालामाराङ प्रहरी चौकीमा बाढीको पानी पसेपछि नजिकैको अर्को भवनमा सरेको छ ।

हेलम्बु गाउँपालिका–१ हेमाथाङ्का चौरमा पहिरो गएर केहीबेर थुनिएपछि बाढी आएको अनुमान गरिएको छ । चनौटे बजारको बीच भागबाटै पानी बगेको छ ।

प्रकाशित मिति:     १७ श्रावण २०७८, आईतवार  |    Himali Khabar