कर्मचारीलाई १० दिन घुम्न पठाउने योजना भदौदेखि लागू हुने

कर्मचारीलाई १० दिन घुम्न पठाउने योजना भदौदेखि लागू हुने

काठमाडौं । सरकारले आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने चालू आर्थिक वर्षदेखि शुरु गरेको कर्मचारी पर्यटन काज भदौदेखि लागू हुने भएको छ । आर्थिक वर्ष २०७७/०७८ को बजेट भाषणबाटै सार्वजनिक संस्थान, प्रतिष्ठान र निजामती कर्मचारीलाई १० दिन पर्यटन काज दिने घोषणा गरेको थियो ।

आर्थिक वर्षको शुरु देखिनै लागु गर्ने गरी तयारी शुरु गरे पनि कार्यविधि तयारीमा ढिलाइ भएकाले भदौदेखि लागू गर्ने तयारी थालेको संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले जनाएको छ । कार्यविधिको तयार भइसकेकाले सरोकारवालासँग छलफल गरेर तत्काल लागू गर्ने तयारी मन्त्रालयको छ ।

१० दिनको पर्यटन काजले आन्तरिक पर्यटनको प्रवद्र्धन हुने भन्दै कर्मचारीलाई थप प्रेरित गर्न, निजी क्षेत्रको विकास गर्न, परिवारसँग घुम्ने प्रेरित गर्न यो भ्रमण काजले सहयोग पु-याउने मन्त्रालयले जनाएको छ । कर्मचारीले काज सुविधासँगै भ्रमण स्वीकृति र १० दिनको तलव समेत पाउने गरी कार्यविधि बनाउन शुरु गरेको जनाएको छ । कार्यविधिले आफ्नो घरपायक, ससुराली र माइतीघर भएको क्षेत्रमा जान नपाउने गरी व्यवस्था राख्ने तयारी छ ।

प्रकाशित मिति:     १३ श्रावण २०७८, बुधबार  |    Himali Khabar