यी हुन गत वर्ष सरकारलाई ३ अर्बभन्दा बढी कर बुझाउने ७ कम्पनी

यी हुन गत वर्ष सरकारलाई ३ अर्बभन्दा बढी कर बुझाउने ७ कम्पनी

काठमाडौं । सरकारले गत आर्थिक वर्ष २०७७–०७८ मा ९ खर्ब ३८ अर्ब ३२ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । संकलित राजस्वमध्ये कर राजस्व ८ खर्ब ७० अर्ब ११ करोड रुपैयाँ रहेको छ ।
सरकारले चालू आर्थिक वर्षमा १० खर्ब ११ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको छ । तर, अर्थ मन्त्रालयले बजेटको मध्यावधि समीक्षा गर्दै राजस्व संकलनको वार्षिक लक्ष्य ५.१५ प्रतिशतले घटाएर ९ खर्ब ५९ अर्ब राजस्व संकलन हुने संशोधित अनुमान गरेको छ । उक्त लक्ष्यको ९८ प्रतिशत संकलन भएको छ ।

यसअघि जस्तै गत आर्थिक वर्ष पनि सबैभन्दा धेरै कर तिर्ने कम्पनी सूर्य नेपाल रहेको छ । यी सात कम्पनीले जसले गत वर्ष ३ अर्ब भन्दा बढी राज्यलाई कर मात्र बुझाए । ्

१) सूर्य नेपाल–९ अर्ब
२) दूर संचार कम्पनी (एनटिसि) –९ अर्ब
३) एनसेल –८ अर्ब
४) गोर्खा ब्रुअरी–४ अर्ब
५) नविल बैंक–३ अर्ब
६) एनआईसी एसिया –३ अर्ब
७) ग्लोबल आइएमई– ३ अर्ब

प्रकाशित मिति:     १२ श्रावण २०७८, मंगलवार  |    Himali Khabar