एक बर्षमा नेपालमा १५खर्ब ३९अर्ब ८३करोडको सामान आयात

एक बर्षमा नेपालमा १५खर्ब ३९अर्ब ८३करोडको सामान आयात

काठमाडौं। नेपालको निर्यात व्यापार ४४.४३ प्रतिशतले वृद्धि भएको छ। भन्सार विभागका अनुसार गत आर्थिक वर्ष २०७७/७८मा नेपालले एकखर्ब ४१अर्ब १२करोड ४० लाख रुपैयाँको वस्तु निर्यात गरेको छ। योभन्दा अघिल्लो आर्थिक वर्ष २०७६/७७नेपालले कुल९७ अर्ब ७०करोड ९१ लाख ५हजार रुपैयाँको वस्तु नेपालले निर्यात गरेको थियो।

निर्यात बढेपनि गत आर्थिक वर्ष नेपालको व्यापार घाटा२७.२६ प्रतिशतले बृद्धि भएको विभागले जनाएको छ।

यस्तै नेपालले अन्तर्राष्ट्रिय व्यापार गरेका राष्ट्रमध्ये १३९सँग घाटा र २२सँग मात्र नाफामा रहेको छ। गत आर्थिक वर्ष नेपालले १५खर्ब ३९अर्ब ८३करोड ७०लाख६८हजार रपैयाँको वस्तु आयात गरेको छ ।

प्रकाशित मिति:     ९ श्रावण २०७८, शनिबार  |    Himali Khabar