बागमती प्रदेशका सवारीसाधनको ब्लुबुक नवीकरण गर्न अब लाइन लाग्नु नपर्ने

बागमती प्रदेशका सवारीसाधनको ब्लुबुक नवीकरण गर्न अब लाइन लाग्नु नपर्ने

काठमाडौं । बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले अनलाइनबाटै सवारीसाधनको ब्लुबुक नवीकरण गर्न सकिने व्यवस्था गरेको छ। यो व्यवस्था शुक्रबारदेखि नै लागु भएको मन्त्रालयले जनाएको छ।

बागमती प्रदेशभित्रका सवारीसाधनको ब्लुबुक नवीकरण गर्न र सवारीसाधनको कर तथा जरिवाना अनलाइनबाटै तिर्न सकिने भएको हो। यसका लागि बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले यातायात व्यवस्था सूचना प्रणाली (टिएमआइएस)को विकास गरेको छ।

यसअघि साउन १ गते नै यो सेवा सुरू हुने भनिए पनि प्राविधिक समस्याका कारण शुक्रबारबाट मात्रै सुरू हुन लागेको हो।

प्रकाशित मिति:     ८ श्रावण २०७८, शुक्रबार  |    Himali Khabar