देशभर ७६ प्रतिशतमात्र धान रोपाइँ

देशभर ७६ प्रतिशतमात्र धान रोपाइँ

काठमाडौं । बाढीपहिरोलगायत कारणबाट यसपालि धान रोपाइँमा ढिलाइ भएको छ। कृषि मन्त्रालयको तथ्यांकअनुसार हालसम्म देशभर ७६.४४ प्रतिशतमात्र रोपाइँ भएको छ। गत वर्ष साउन पहिलो सातासम्म ८१.८५ प्रतिशत धान रोपाइँ भइसकेको थियो।

तथ्यांकअनुसार कर्णाली प्रदेशमा धान रोपाइँ सकिएको छ। त्यस्तै सुदूरपश्चिममा ९०.७१ प्रतिशत, लुम्बनी प्रदेशमा ८६.९४ प्रतिशत, बागमती प्रदेशमा ७८.३५ प्रतिशत, गण्डकीमा ७२.४० प्रतिशत, प्रदेश २ मा ६८.५४ प्रतिशत र प्रदेश १ मा ६४.४८ प्रतिशत रोपाइँ भएको छ ।

नेपालभर १३ लाख ७१ हजार ७०६ हेक्टरमा धान रोपाइँ हुनेमा हालसम्म १० लाख ४८ हजार ५०७.१७ हेक्टरमा मात्र रोपाइँ भएको छ।

प्रकाशित मिति:     ७ श्रावण २०७८, बिहीबार  |    Himali Khabar