चार्टर उडानमा ब्रम्हलुट : कम्पनीहरुमाथि छानबिन हुँदै

चार्टर उडानमा ब्रम्हलुट : कम्पनीहरुमाथि छानबिन हुँदै

काठमाडौं। कोरोना महामारीबीच चार्टर उडानमा बढी भाडा लिएको बारेमा छानबिन हुने भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले चार्टर उडानमा बढी भाडा लिएको बारे उजुरी परेपछि सम्बन्धित हवाई कम्पनीसँग आवश्यक छानबिन गरिरहेको प्राधिकरणका महानिर्देशक राजन पोखरेलले जानकारी दिए ।

उनले प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिसँग छानबिन गरी महंगो भाडा लिए वा नलिएको बारेमा चाडै प्रतिवेदन नेपाल सरकारलाई बुझाउने बताएका हुन्।

निषेधाज्ञामा अन्तर्राष्ट्रिय चार्टर उडानमा वायुसेवा कम्पनी र ट्राभल एजेन्टबाट यात्रु ठगिने क्रम नरोकिएपछि तत्कालीन पर्यटन मन्त्री उमाशंकर अरगरियाले पोखरेलको नेतृत्वमा छानबिन समिति गठन गरेका थिए ।

नियमित अन्तर्राष्ट्रिय उडानहरु बन्द रहँदा चार्टर उडान भइरहेका थिए। त्यसमा यात्रुसँग निकै चर्को भाडा असुली भइरहेको गुनासो आएपछि सरकारले नियमित उडान खुला गरेको थियो।

प्रकाशित मिति:     ६ श्रावण २०७८, बुधबार  |    Himali Khabar