माथिल्लो तामाकोसी भदौ अन्तिमदेखि पूर्ण क्षमतामा

माथिल्लो तामाकोसी भदौ अन्तिमदेखि पूर्ण क्षमतामा

काठमाडौं । माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाबाट भदौ अन्तिमसम्ममा पूूर्ण क्षमतामा विद्युत् उत्पादन थाल्ने कार्यसूची तय गरेको छ । पहिलो युनिटबाट ७६ मेगावाटको परीक्षण उत्पादन सुरु गर्ने क्रममा गत असार २२ गते आयोजनाको उद्घाटन तत्कालीन प्रधानमन्त्री केपि शर्मा ओलिले गरेका थिए ।

माथिल्लो तामाकोसी जलविद्युत् लिमिटेडका अध्यक्ष विज्ञान श्रेष्ठका अनुसार साउनभित्रै ३०४ मेगावाट विद्युत् उत्पादन थालिनेछ । विद्युत् उत्पादनका लागि विद्युत् गृहमा जडित छमध्ये चारवटा युनिट साउनभित्रै सञ्चालन गरिने आयोजनाले जनाएको छ । आयोजनाबाट हाल परीक्षणका रूपमा पहिलो र दोस्रो युनिटबाट विद्युत् उत्पादन थालिएको छ ।

आइतबार साँझबाट दोस्रो युनिट सञ्चालनमा ल्याइएको हो ।
आयोजनाको विद्युत् गृहमा ७६ मेगावाटका छवटा युनिट जोडिएका छन् । तीमध्ये चारवटाको अझै परीक्षण उत्पादन गर्न बाँकी छ ।

प्रकाशित मिति:     ५ श्रावण २०७८, मंगलवार  |    Himali Khabar