७४.६८ प्रतिशतले भुकम्पले भत्काएको घर पुनः निर्माण गरे

७४.६८ प्रतिशतले भुकम्पले भत्काएको घर पुनः निर्माण गरे

काठमाडौं । २०७२को भूकम्पबाट क्षतिग्रस्त भएका निजी आवास बनाउन हालसम्म १ खर्ब ९९ अर्ब ५६ करोड रुपैयाँ खर्च भएको छ । सरकारले भूकम्पपीडितको निजी आवास बनाउन अनुदानबापत तीन किस्ता गरी ३ लाख उपलब्ध गराउँदै आएको छ ।

तेस्रो किस्ता पाउनेको संख्या ६ लाख ६५ हजार २३३ रहेको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार अनुदान सम्झौता गरेकामध्ये तेस्रो किस्ता लिनेको संख्या हालसम्म ८१.२६ प्रतिशत छ । सरकारले भूकम्पपीडित लाभग्राहीले घर निर्माण गरिसकेपछि तेस्रो किस्ता दिन्छ ।

लाभग्राही पहिलो किस्ता ५० हजार, दोस्रो २ लाख र तेस्रो किस्तास्वरूप ५० हजार रुपैयाँ पाउँछन् । प्राधिकरणका अनुसार पुनर्निर्माणको लाभग्राहीको संख्या ८ लाख ५८ हजार २८२ छ । त्यसमध्ये ९५.३७ प्रतिशत अर्थात् ८ लाख १८ हजार ६२४ जनासँग अनुदानका लागि सम्झौता भएको छ । यसमध्ये पहिलो किस्ता लिने ९९. ७६ प्रतिशत, दोस्रो ८८.८४ प्रतिशत र तेस्रो किस्ता लिने ८१.२६ प्रतिशत छन् ।
सम्झौता भएकामध्ये ७४.६८ प्रतिशतले आवास बनाइसकेका छन् ।

प्रकाशित मिति:     २० असार २०७८, आईतवार  |    Himali Khabar