काठमाडौं। नेपाल आयल निगमले निषेधाज्ञामै दोस्रो पटक पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमले शनिबार राति १२ बजेदेखि लागू हुनेगरि पेट्रोल, डिजल, मट्टितेल र हवाइ इन्धन (आन्तरिक उडानतर्फ) प्रतिलिटर दुई रुपैयाँका दरले मूल्य बढाएको हो।
अब पेट्रोल प्रतिलिटर १२५ रुपैयाँ पुगेको छ। डिजेल र मट्टीतेल प्रतिलिटर १०८ र आन्तरिक उडानतर्फको हवाइ इन्धनको मूल्य प्रतिलिटर ८० रुपैयाँ पुगको छ।
निगमलाई अन्तर्राष्ट्रिय बजार अनुसार मूल्य बढाउने गर्दछ । मूल्य समायोजन पछि पनि निगमलाई पेट्रोलमा पाँच रुपैयाँ ३२ पैसा, डिजलमा तीन रुपैयाँ १७ पैसा, खाना पकाउने एलपी ग्यासमा २५८ रुपैयाँ ४६ पैसा घाटा छ।