स्थिर सरकारका अस्थिर मन्त्री :३ वर्षमा ४ पर्यटन मन्त्री नियुक्त

स्थिर सरकारका अस्थिर मन्त्री :३ वर्षमा ४ पर्यटन मन्त्री नियुक्त

काठमाडौं । सरकारले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीमा उमाशंकर अरगरियालाई नियुक्त गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो मन्त्रीमण्डल पुनर्गठन गर्दै भानुभक्त ढकाललाई हटाएर अरगरियालाई सो मन्त्रालयको जिम्मेवारी दिएका हुन ।

ओली नेतृत्वको सरकारले नियुक्त गरेका उनी चौथो पर्यटन मन्त्री हुन । सुरुमा रबिन्द्र अधिकारी मन्त्री थिए । उनको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएपछि योगेश भट्टराईलाई मन्त्री नियुक्त गरियो । संसद बिघटनपछि उनले राजिनामा दिएपछि स्वास्थ्य मन्त्री रहेका भानुभक्त ढकाललाई पर्यटनको जिम्मेवारी दिइयो । पुनः संसद विघटन गरी निर्वाचन मिति घोषणा गरेका प्रधानमन्त्री ओलीले हिजो ढकाललाई हटाएर नयाँ मन्त्रीमा अरगरियलाई नियुक्त गरे ।

ओली नेतृत्वको सरकार गठन भएको तीन वर्ष बितेको छ । तर यो अवधीमा पर्यटन मन्त्रालयमा मात्र चार जना मन्त्री नियुक्त भएका छन् । सरकारका अस्थिर तर मन्त्रीहरु अस्थिर हुँदा पर्यटन व्यवसायीहरु चिन्तित छन् । राजनीतिक स्थिरता, समृद्धि र सुशासनको नारासहित २०७४ फागुन ३ गते ओली नेतृत्वको सरकार गठन भएको थियो ।

प्रकाशित मिति:     २२ जेष्ठ २०७८, शनिबार  |    Himali Khabar