शेयर कारोबारमा रेकर्ड, बिहीबार पौने १५ अर्बको कारोबार

शेयर कारोबारमा रेकर्ड, बिहीबार पौने १५ अर्बको कारोबार

काठमाडौं । बिहीबार शेयर कारोबार रकमले नयाँ रेकर्ड बनाएको छ । बिहीबार १४ अर्ब ७६ करोडको रुपैयाँ भन्दा माथिको कारोबार भएको छ। यो हालसम्मकै उच्च हो ।

यस अघि एकैदिन १३ अर्ब १७ करोड रुपैयाँको सेयर कारोबारले रेकर्ड राखेको थियो । बैंकिङ प्रणालीमा अधिक तरलता, सस्तो ब्याजदरका कारण लगानीकर्ता बजारमा ओइरिएका हुन ।

नेप्से भने १.२० अंकले घटेर २८१५.४० विन्दुमा रोकिएको छ ।

मंगलबार नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षा कार्यान्वयनका लागि निर्देशन जारी गर्दै बैंक तथा वित्तीय संस्थाहरुलाई सेयर कारोबारमा कडाइ गरेको थियो ।

प्रकाशित मिति:     १३ जेष्ठ २०७८, बिहीबार  |    Himali Khabar