नयाँ पुनर्बीमा कम्पनी खोल्न पाँच कम्पनीको आवेदन

नयाँ पुनर्बीमा कम्पनी खोल्न पाँच कम्पनीको आवेदन

काठमाडौं । नयाँ पुनर्बीमा कम्पनी सञ्चालन गर्न बीमा समितिमा पाँच कम्पनीले आवेदन दिएका छन् । समितिले निजीक्षेत्रको लगानीमा एक पुनर्बीमा कम्पनी स्थापना गर्न आबेदन गरेको थियो । आवेदन दिने अन्तिम दिन हिजो बुधवारसम्म पाँच कम्पनीले आवेदन दिएको समितिले जानकारी दिएको छ ।

अन्नपूर्ण रि, प्रुडेन्सियल रि, काठमाडौं रि, हिमालयन रि र जेन्यून रि नामका कम्पनीहरूले समितिमा आवेदन दिएका हुन् । आवेदनको अध्ययन गरि अन्य प्रक्रिया अगाडि बढाइने छ ।

हाल नेपालमा सरकारी स्वामित्वको नेपाल पुनर्बीमा कम्पनी सञ्चालनमा छ ।

प्रकाशित मिति:     ६ जेष्ठ २०७८, बिहीबार  |    Himali Khabar