काठमाडौं । नेपालमा पर्यटक आगमन नोभेम्बर महिनामा पछिल्लो चार वर्षयताकै उच्च भएको छ । सन् २०२४ को नोभेम्बरमा नेपालमा १ लाख १४ हजार ५०१ जना पर्यटक भित्रिएका छन् ।
यो संख्या सन् २०२३ को नोभेम्बरको तुलनामा ७ हजारले बढी हो । गत वर्ष सोही अवधिमा १ लाख ८ हजार ६३० जना पर्यटक नेपाल आएका थिए।
सन् २०२४ को पछिल्लो ११ महिनामा साढे १० लाख पर्यटक नेपाल आएका छन्।
पर्यटक आगमनको तथ्यांक हेर्दा, सन् २०२२ को नोभेम्बरमा ७२ हजार ६५३, सन् २०२१ मा २६ हजार १३५, र सन् २०२० मा केवल १९ सय ५६ जना मात्रै नेपाल आएका थिए ।
सन् २०१९ को नोभेम्बरमा नेपालमा १ लाख ३० हजार ३०२ जना पर्यटक भित्रिएका थिए। सन् २०१९ को तुलनामा नेपालमा ८७ प्रतिशत पर्यटक आगमनको रिकभरी भएको छ।