पाकिस्तानको आकाशलाई ईयूले कालोसूचीबाट हटायाे

पाकिस्तानको आकाशलाई   ईयूले कालोसूचीबाट हटायाे

काठमाडौं । युरोपेली संघ (ईयू)ले नेपाली हवाई आकाशलाई कालोसूचीमा राखेको एक दशक भइसकेको छ। तर हालसम्म पनि हटाउन मानेको छैन। भलै गतवर्ष नेपाल नागरिक उड्डयन प्राधिकरणलाई एक वर्षयता हवाई सुरक्षामा उल्लेख्य सुधार गरेको विषय प्रतिवेदनमै उल्लेख गरेको थियो। तर पनि कालोसूचीबाट हटाउन भने अझै तयार भएको छैन।


पाकिस्तानलाई भने ईयूले कालोसूचीबाट हटाएको छ। युरोपियन युनियन एभिएसन सेफ्टी एजेन्सी (ईएएसए) ले पाकिस्तान इन्टरनेशनल एयरलाइन्स (पीआईए) माथि युरोपमा उडान गर्न लगाइएको चार वर्ष लामो प्रतिबन्ध हटाएको हो।यो प्रतिबन्ध मे २०२० मा लाहोरदेखि कराँची जाँदै गरेको फ्लाइट ८३०३ को दुर्घटनापछि लगाइएको थियो। जसमा ९७ जनाको मृत्यु भएको थियो।

प्रकाशित मिति:     १६ मंसिर २०८१, आईतवार  |    Himali Khabar