त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द हुँदै

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द हुँदै

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कात्तिक २३ गतेदेखि दैनिक १० घण्टा बन्द हुँदैछ ।

राति १० बजेदेखि भोलिपल्ट बिहान ८ बजेसम्म टीआईए पूर्णरूपमा बन्द हुनेछ ।  मुख्य विमानस्थल १४ घण्टामात्रै सञ्चालन हुने भएपछि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल नागरिक उड्डयन प्राधिकरणको चर्को आलोचना भइरहेको छ ।

विमानस्थल १० घण्टा बन्द हुने भएपछि यसले नेपाली उडान पर्यटनमा असर पुग्ने भन्दै कतिपयले यसको समय फेरबदलको पनि माग गरिहरेका छन् ।  ८ घण्टामा पनि काम गर्न सकिने अवस्था रहेको र यसले उडान पनि प्रभावित नहुने र भन्दै समयतालिका फेरबदल गर्न माग गरेका छन् ।

प्रकाशित मिति:     ४ कार्तिक २०८१, आईतवार  |    Himali Khabar