मलेसियामा कामदारको न्यूनतम तलब बढ्यो, १७०० रिंगेट पुग्यो

मलेसियामा कामदारको न्यूनतम तलब बढ्यो, १७०० रिंगेट पुग्यो

काठमाडौं । मलेसियामा काम गर्ने श्रमिकको न्यूनतम तलब बढ्ने भएको छ। अन्तर्राष्ट्रिय समाचार एजेन्सीलाई उद्धृत गर्दै लेखिएको समाचारअनुसार मलेसिया सरकारले सन् २०२५ को बजेट भाषणमा प्रधानमन्त्री दातुक सेरी अनवर इब्राहिमले श्रमिकको न्यूनतम पारिश्रमिक ३०० रिंगेटले बढाउने घोषणा गरेका हुन्।

मलेसियाली प्रधानमन्त्री इब्राहिमको घोषणासँगै कामदारको तलब प्रतिमहिना १५०० बाट बढाएर १७०० मलेसियन रिंगेट पुगेको छ।हाल श्रमिकको न्यूनतम पारिश्रमिक मासिक १५०० मलेसियाली रिंगेट छ।

पाँचभन्दा कम कामदार भएका कम्पनी तथा उद्योगका लागि नयाँ पारिश्रमिक केही समय पछि कार्यान्वयनमा जाने मलेसियाली सरकारले जनाएको छ। यस्ता कम्पनी तथा उद्योगमा बढेको तलब कार्यान्वयन सन् २०२५ अगस्त १ देखि लागू हुनेछ।

प्रकाशित मिति:     ३ कार्तिक २०८१, शनिबार  |    Himali Khabar