अमेरिकाको टेक्ससमा कन्सुलर कार्यालय राख्न प्रधानमन्त्री सकारात्मक

अमेरिकाको टेक्ससमा कन्सुलर कार्यालय राख्न प्रधानमन्त्री सकारात्मक

काठमाडौं । अमेरिकाको टेक्ससमा प्रवासी नेपालीको संख्या बढेसँगै कन्सुलर कार्यालय राख्न प्रधानमन्त्री केपी शर्मा ओली सकारात्मक हुनुभएको छ । राष्ट्रसंघको महासभामा भाग लिन अमेरिकामा रहनुभएका प्रधानमन्त्री ओलीलाई प्रवासी नेपाली मञ्च टेक्ससले ध्यानाकर्षण गराएको थियो ।

करिब एक लाख हाराहारीमा नेपाली समुदायको बसोबास रहेको अमेरिकाको दक्षिण पश्चिम क्षेत्र अवस्थित टेक्सस अमेरिकाकै सबैभन्दा ठुलो मध्येको एक राज्य हो । अन्य छिमेकी राज्यमा समेत बसोबास गर्ने नेपाली मसुदायले आवश्यक कागजाद लगायतको सेवा सुविधाका लागि टेक्ससको डायलसलाई केन्द्र बनाएर कन्सुलर कार्यालय राख्न सरकारलाई आग्रह गरीएको प्रवासी नेपाली मञ्च टेक्ससका अध्यक्ष राजु नेपालले जानकारी दिनुभयो ।


अमेरिकामा रहेको नेपाली दुतावास र न्युयोर्कस्थित कन्सुलर कार्यालय पूर्वी क्षेत्रमा रहेकाले अन्यत्र रहेका नेपाली समुदायलाई सेवा लिन असहज भएकाले तत्काल डायलसमा कन्सुलर कार्यालय राख्न आफुहरुले गरेको आग्रहलाई प्रधानमन्त्री ओलीले सकारात्मक रुपमा लिएको अध्यक्ष नेपालले जानकारी दिनुभयो ।
अध्यक्ष नेपालले प्रधानमन्त्री ओलीसँगको भेटमा अमेरिकामा रहेका प्रवासी नेपालीले गरिरहेका रचनात्मक काम र अप्ठ्याराबारेमा जानकारी गराइएको जानकारी दिनुभयो ।

प्रकाशित मिति:     १२ आश्विन २०८१, शनिबार  |    Himali Khabar